काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ उत्रिदा समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन्। शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका थिए।

पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्। विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दनको स्वीकार गरेका थिए ।

यता, अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको