जनकपुर। जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीको बर्दिबासमा आज(आइतबार)बाट सुरु भएको छ।
दुई दिनसम्म चल्ने उक्त बैठकमा पाँच एजेन्डामा छलफल हुने जनाइएको छ।
बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन्।
बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए। बैठकमा उपस्थित हुन अध्यक्ष डा.सिके राउत शनिबारनै जनकपुरधाम आएका थिए।



