सुर्खेत । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापना गर्ने कार्य भईरहेको बताएका छन्। आईतबार प्रादेशिक आपतकालिन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले कर्णालिको प्राकृतिक विपत्तीमा हुने जोखिम कम गर्न र प्राकृतिक प्रकोप पछिको पुनर्निर्माण, पुर्नस्थापना र राहतका लागि सरकार गम्भीर रहेको बताएका हुन्।

यसअघि संघीय सरकार मातहत रहेको आपतकालिन गोदामघर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवस्थापन सहित सञ्चालन गर्ने छ। विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदामघर संघीय सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका छन्।

गोदाम घर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिमको भूगोलमा रहेकोले भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहरजस्ता जोखिममा परेकाहरुको आपतकालिन उद्वार र राहतका लागि प्रभावकारी हुने बताए।

आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गर्नु संघीयता कार्यान्वयनको बिषय भएको पनि गृहमन्त्री लेखकले बताए। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्न सात बर्ष लागेको भन्दै भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताए।

विपद् जोखिममा रहेको कर्णाली प्रदेशले विभिन्न किसिमका सुरक्षा कार्यक्रम अपनाए पनि विविध जटिलताहरूसँग समान गर्नुपरेको बताए। जग्गा व्यवस्थापनको अधिकार प्रदेशले नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको जानकारी उनले बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको