रौतहट। रौतहटको गरुडा नगरपालिका–३, मलाही टोलमा वडा कार्यालयको भवन बन्ने भएको छ। पुरानो भवन जीर्ण भई प्रयोगविहीन बनेपछि नगरस्तरीय बजेट रु. २५ लाखको लागतमा नयाँ चार कोठे भवन बन्ने लागेको  हो। उक्त भवनको निर्माणका लागि शुक्रवार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले शिलान्यास गरेका छन।

नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले वडा कार्यालयको आफ्नो भवन निर्माणमा जोड दिएको उनले बताए। भाडाको घरमा रहेको वडालाई आफ्नो भवनमा सार्ने योजना अनुसार बजेट बिनियोजन गरिएको उनको भनाइ छ। उनका अनुसार गरुडा नगरपालिकाको कार्यालय पनि भाडाको घरवाट संचालन हुदै आएको बताउदै आफ्नो भवन बन्दै गरेको र अब छिटै सरिने छ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अम्बिका सहनीले  पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माणमा जोड दिएको बताए ।वडा कार्यालयको भवन  बनाउनका लागि स्थानीय  पारस सहनी १ कठ्ठा १३ धुर जग्गा निःशुल्क दान गरेका हुन।गरुडा नगरपालिकाका अनुसार भवनसम्म पुग्नका लागि १५ फिट चौडाई र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्थासमेत गरिएको छ।यस नयाँ भवन निर्माणले नगरवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास पालिकाले  लिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको