काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जन्म दिन आज विशेष तरिकाले मनाइँदैछ। उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सतकर्ममा जोडौैं’ अभियानमा ऐक्यवद्धता जनाउने कार्यक्रम छ । जन्मदिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ।

निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण संरक्षणका महत्वकांक्षी उद्देश्यलाई जोड्ने अवसरमा एक अभिनव पहल सुरु गरेका छन्। रौतहटबाट शुरू भएको यस अभियानको उद्देश्य सत्कर्ममा जोड दिने र समाजलाई सकरात्मक परिवर्तनको मार्गमा अगाडि बढाउने रहेको छ । विशेष कार्यक्रमको दौरान, पार्टी अध्यक्ष नेपालले फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय गरिएको छ।

आजको विशेष अवसरमा आफ्नै निवास, कोटेश्वरमा ४ः१५ बजे दिउँसो आयोजना हुने कार्यक्रममा महत्वपूर्ण नेताहरुको उपस्थितिका साथ विभिन्न व्यक्तित्वहरुले समाजसेवा र वातावरणको संरक्षणमा थप ध्यान पुर्याउन आव्हान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको