काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए।

उनले भने, ‘सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ । सरकार कमिसन खोर व्यापारीको पक्षमा छ यो प्रमाणित गरेको छ।’त्यस्तै उनले घरघरमा ग्यासको पाइप पु¥याउने भनेको दश वर्ष हुँदा पनि केही नभएको बताए । उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकार कारबाही गर्न हात धोएर लागेको भन्दै आपत्ति जनाए।

उनले भने,‘कति वर्ष भयो घरघरमा ग्यासको पाइप पु¥याउने भनेको, मैंले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो। दश वर्ष जति भएछ। जसले बिजुली चुलोसम्म पु¥याउने नीति बनाउँदैथ्यो, उसलाई सरकार कारबाही गर्न तम्तयार भएर हात धोएर लागेको छ। एक रुपैयाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्का जाम र टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही सदनमा हुनुहुन्छ। आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदैगर्दा ति दाईहरु किन मौन हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको