काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन्।



