रामेछाप। सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । वाग्मती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय २४ रुपैयाँको लागतमा सो भवन बनेको हो।

वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानुन मन्त्री सुरजचन्द्र लामिछाने र वाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले मंगलबार संयुक्त रूपमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते भवन निर्माण सम्झौता गरेको थियो।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले नयाँ भवन बनेपछि प्रहरीलाई सेवा प्रवाह गर्न सहज हुने बताए । उनले प्रहरीलाई सुविधा सम्पन्न बनाउँदै लैजाने योजनामा सरकार रहेको सुनाए।

प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले सुविधा थपिएसँग प्रहरीले दिने सेवा पनि थप प्रभावकारी हुनुपर्ने बताए । उनले नेपाल प्रहरी जस्तो सुकै कठिन परिस्थितिमा पनि देश र जनता प्रति समर्पित हुँदै आएको संस्था भएको स्पष्ट पारे।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनताको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्ति गरिन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको