काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले समितिमा विचाराधिक विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले चैत्र मसान्तभित्र समितिमा छलफलगरी टुङ्गो लगाउन आग्रह गरेका हुन्।

उनले भने,‘ सकेसम्म चैत्र मसान्तभित्र यी तीनवटै विधेयकहरु समितिमा छलफल होस् । समितिले निर्णय गरोस् र र समितिको निश्कर्ष प्रतिनिधिसभा समक्ष प्रस्तुत हुन भनेर आग्रह गर्छु । समितिमा विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले यथासिघ्र चाँडो निश्कर्षमा पुग्नको लागि आफ्नो अनुरोधलाई दोहोर्याउन चाहन्छु । चैत्र समान्तभित्र यी तीनवटा नै विधेयक समितिबाट प्रतिनिधिसभामा प्रस्तुत होस् ।’

उनले अहिले विधि निर्माणको काममा ढिलाई यो भन्ने जनस्तरबाट र विज्ञहरुबाट पनि आलोचना भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले भने,‘अहिले विधि निर्माणको काम अहिले विस्तारै भयो भन्ने जनस्तरबाट पनि आलोचना आइरहेको छ । विज्ञहरुले पनि त्यसखालको टिप्पणीहरु गरिरहेको छन् । विधि निर्माणको काम अलि ढिलो भन्ने दृष्टिकोणबाट आएका सुझावहरु टिप्पणीहरु आलोचनाहरुकोप्रति सरकारको ध्यान गएको छ । विचाराधिन विधेयकहरुलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने र सभासमक्ष प्रस्तुत गर्ने सभाबाट पनि चाँडो निर्णय होस् भन्ने सरकारको चाहना छ।’

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको