रौतहट। अपाङ्गता भएका व्यक्तिका लागी बृन्दावन नगरपालिकाले परिचयपत्र वितरण गर्न थालेको छ।

बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले एक कार्यक्रमका बीच अपाङ्ग भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र प्रदान गरेका हुन्।

यो परिचय पत्र प्राप्त गरेका व्यक्तिहरूले  सरकारी तथा सार्वजनिक सेवाहरूमा प्राथमिकता, स्वास्थ्य उपचारमा छुट तथा विशेष सेवा, सामाजिक सुरक्षा भत्ता तथा सहयोग कार्यक्रम , शिक्षा तथा रोजगारीमा विशेष अवसर , अपाङ्गता मैत्री संरचना तथा यातायात सुविधा पाउने नगर प्रमुख कुर्मीले जानकारी दिए।

उनका अनुसार हालसम्म नगर भित्रका १ सय ३८ जनाले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए ।ती निवेदन मध्ये नियम अनुसार योग्य ठहर भएका व्यक्तिहरूलाई वर्गीकरण गरी परिचयपत्र वितरण गरिने उनले उल्लेख गरेका छन।

अपाङ्गता परिचय पत्रका लागी  क वर्ग (अति गम्भीर अपाङ्गता) – ७ जना, ख वर्ग (गम्भीर अपाङ्गता) – १५ जना, ग वर्ग (मध्यम अपाङ्गता) – ३८ जना , घ वर्ग (सामान्य अपाङ्गता) – ६५ जनालाई वर्गीकरण गरि बितरण गरिएको बृन्दावन नगरपालिकाले जनाएको छ।

स्थानीय तहमा महिला तथा बालबालिका कार्यालय स्थापना भएपछि, कार्यविधि २०७९ अनुसार नगरपालिकाले परिचयपत्र वितरणको जिम्मेवारी पाएको हो। यस कार्यबाट बृन्दावन नगरपालिकाका अपाङ्गता भएका नागरिकलाई  लाभ पुग्ने अपेक्षा गरिएको छ। यसअघि महिला विकास तथा जेष्ठ नागरिक कार्यालय मार्फत परिचयपत्र वितरण हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको