
कमल तिमल्सिना /
अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रपको विजयपछि अमेरिकाको वास्तविक अर्थतन्त्रको स्थिति उदाङ्गियाे । अधिक ऋणबाट ग्रसित अमेरिकन अर्थतन्त्रलाई लयमा ल्याउनु ट्रम्पको धर्म हो जुन उनले निभाउन प्रयत्न गरिरहेका छन् र त्यसमा अमेरिकनहरुको दर्हाे साथ देखिएको छ।
यसमा वादका ब्याख्याताहरुले संरक्षणवाद,पुरातनवाद,हैकमवाद के के जार्गन हाल्छन हाल्दै गर्छन । त्यो उनीहरुको बौद्धिक विलासको विषय हो। भूमण्डलीकरणको राप र तापको सर्वाधिक लाभ अमेरिकाले पछिल्लो ३५ बर्षमा जति लग्यो त्यो भन्दा कम लाभ अन्य देशले पनि नलिगेका छैनन्।
दुई ध्रुव विश्ववाट बहुध्रुव विश्व अर्थ-ब्यबस्थामा पदार्पण गर्नु अघिको प्रसव पीडा आजका विश्वशक्तिहरुलेनै अधिक भोग्नुपर्छ यो प्राकृतिक सिद्धान्तनै हो।उपभोक्ता खोज्ने प्रतिस्पर्धामा उपनिवेशको जन्म भयो। हिजो जुन शक्ति उपभोक्ता मात्र थियो त्यो शक्ति आज प्रमुख उत्पादक शक्ति बन्दै छ यो नै आजको विश्व परिवेश हो भन्ने लाग्दछ।
दोस्रो अध्यायमा बदलिँदो विश्व अर्थ-ब्यबस्था र शक्तिकेन्द्रको स्थानान्तरणले हाम्रो जस्तो मध्यम तर न्यून उत्पादन र आय भएको मुलुकमा पक्कैपनी सकारात्मक प्रभाव भन्दा बढी चुनौतीहरुकै सामना गर्न पर्छ यद्यपि सम्भावना पनि उत्तिकै छ भन्ने हेक्का पुर्याउन पर्दछ।उपभोक्ता शक्ति र उत्पादन शक्ति दुवैको केन्द्रभागमा हाम्रो भौगोलिक अवस्थिती छ यो अवसर हाम्रालागी हाम्रो क्षमताले बनाइदिएको पक्कै हैन यसलाइ प्राकृतिक अवसर भन्न पर्दछ।विपरीत दुई ध्रुव अमेरिका र रुसको पुनर्मिलन संभव भएको आजको परिवेशमा हामीले हाम्रा दुई स्थलका छिमेकलाइ विश्वासमा लिने कौशलता पक्कै प्रस्तुत गर्नुपर्दछ।आकाशका मित्रलाइ रुझाउन आफ्नो छिमेकलाई चिढ्याउनु बुद्दिमता पक्कै हुनेछैन।टाढाको देउताभन्दा करेसाको भुतनै प्यारो हुन्छ भन्ने अति लोकप्रिय युक्तिलाई आत्मसाथ गर्न वर्तमान नेतृत्व र भावी आउने नेतृत्व तयार हुनैपर्दछ।अत्यन्तै उपभोगमुखी समाजले बेलैमा उत्पादनको क्षेत्र र आयको क्षेत्रको खोजी गर्न नसक्ने हो भने रेमिटेन्समुखी अर्थतन्त्र निकट भविष्यमै भत्किन सक्छ।
विकासको प्राथमिकिकरणमा समेत रास्टृय चिन्तन बन्न नसक्नु दुर्भाग्यको विषय पक्कै हो त्यसैले मामुली दैननदिनको राजनीतिक क्रियाकलापबाट मुक्त भै रास्टृय जागरण,प्रेरणा र विकास नितिको स्पस्ट व्याख्या लिगेर आउने नेतृत्व पिढिले जनताको विचमा जान सिघ्रता देखाउन पर्दछ।निराशा,अराजकता,व्यतिथी आजको हाम्रो वास्तविक चित्र हो।एसलाइ बदल्न हिजो अबलम्बन गरेका सवै चिन्तन,सोच,शैली र व्यबहारमा परिवर्तन देखुनुपर्दछ।क्रान्तिका धेरै गफ नभएका हैनन नेपाली राजनीतिक रंगमंचमा तर क्रान्तिको एक सब्दको परिभाषालाई बोक्न नसक्नु हाम्रो कमजोरी हो।त्यो व्याख्या के हो भने”अब त शासन गर्ने शैली र व्यबहार बदलिएछ।”
विश्व व्यवस्थामा आउने उतारचढावले कुनै खास मुलुकलाइ कति असर पुर्याउछ भन्ने कुरा पश्चिम युरोपका दर्जनौ देशहरुलाइ हेर्दा हुन्छ त्यसैले यो समय नेपालको लागि अत्यन्तै उपयोगी सिद्ध हुनेवाला छ।हाम्रो वर्तमान नेतृत्वपिढिको स्वभाविक बहिर्गमन र नयाँ नेतृत्वको पदार्पणको चरणमा नेपालको घरेलु राजनीति छ।यो क्रियामा नेपाली काङ्ग्रेसको युवा नेतृत्व अग्रभागमा देखिनु सुखद पक्ष मान्न पर्दछ।सानो बजार र उत्पादन क्षमता कम भएतापनि उत्पादन केन्द्र र उपभोग केन्द्रलाइ जोड्ने पुलभने हामिले निर्माण गर्नुपर्दछ जुन अवसर केवल हाम्रालागिमात्र अधिक छ।सस्कृती, सभ्यता र भाषाको लाभ उठाउने चिन्तनलाइ पापको भारी बोकाउने सामाजिक जार्गनहरु तोड्न सक्ने साहस देखाउनुपर्दछ।छिमेकमा महाकुम्भ मेलाले दिएको सन्देशपनि पक्कै एहि नै हो जस्तो लाग्दछ।अन्तमा नेपाली समाजको पुनस्र्त्थान गर्न हाम्रा सम्भाव्यताहरुको खोजी त्यसको प्रयोग र समतामुलक वितरणमा ध्यान पुराइ सम्पुर्ण नेपालीको आवश्यकता र आकाङ्क्षा पुरागर्न अग्रसर हुन सम्पुर्ण देशप्रेमी महानुभावहरुमा सादर अनुरोध पनि गर्दछु।धन्यवाद।जय नेपाल।।।