काठमाडौं । सँस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सरकारले आर्थिक क्षेत्रमा आवश्यक निकास दिन नसकेको बताएका छन्।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छाएको भन्दै यसमा सरकारले आवश्यक निकास दिन नसकेको जस्तो अनुभव भएको बताए।

उनले भने, ‘अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छ। विशेषगरि व्यापारी साथीहरुमा र आम जनतामा केही निकाश दिन नसकेको जस्तो अनुभव भइरहेको छ। तर नेपालमा पनि आगामी दिनमा आर्थिक रुपमा क्रान्ति हुनेछ र भोलिका दिनमा व्यवसायीलगायत सबैको स्तर माथि उठ्ने छ।’

यसको साथै, उनले बजेट बनाउने पूर्वसन्ध्याको अवस्थामा सबैको सुझाव अनुसार नै अगाडि बढ्ने बताए।

उनले भने, ‘हामी बजेट बनाउने पूर्वसन्ध्यामा छौ। ६ महिनाको कार्यकालमा धेरै मान्छेहरुसँग भेट पनिभयो। के गर्नुपर्छ भनेर सोध्दै गर्दा धेरै सुझाव पनि आएका छन् । आगामी बजेटमा खेल्नुपर्ने भूमिका र पाएका सुझावहरुलाई लिएर अगाडि बढ्ने छु।’

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको