जनकपुर। जनकपुरधाममा हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारी पूरा भएको छ। महोत्सवका आयोजक संस्था संवाद फाउण्डेशनले पत्रकार सम्मेलनममार्फत महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ।

फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्ययमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र अवसर दिने तथा फिल्म निर्माता एवम् कलाकारबीच अनुभव आदानप्रदानको अवसर सृजना गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको महोत्सवको आयोजक संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करले जानकारी दिएका छन्।

उनले भने,‘स्थानीय र विश्व सिनेमा बीचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरु सम्म पुर्याउँदै, अन्य देशका चलचित्र र कथाहरु संग गहिरो सम्वन्ध जोडनेछ र यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य र सामिप्यता बढाउने मद्दत गर्नेछ ।’

महोत्सवमा विभिन्न १ सय ४४ भन्दा बढी देशका चलचित्रकर्मीहरुद्वारा तीन हजार पाँच सय भन्दा बढी आवेदन प्राप्त भएको उनले जानकारी दिए।

अध्यक्ष भास्करका अनुसार महोत्सवकालागि १० विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिनेछ । प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने उनले बताए । मैथिली विकास कोषको सभा भवनमा सो सम्मेलन फागुन १६ गते देखि १८ गते सम्म आयोजना हुन लागेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको