काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु परिवर्तन सम्बन्धी कार्यमा सदाचार र सुशासन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष मदन कृष्ण शर्माले जलवायु परिवर्तन सम्बन्धिको क्रियाकलाप, व्यवस्थापनमा भ्रष्टाचार घुस्न नपाओस् भन्ने उद्देश्यले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बताए।

जवलवायु परिवर्तन सम्बन्धी बजेटहरु कसरी सञ्चालन भइरहेको छन् ,बजेट सञ्चालन हुँदा भएको स्वार्थको द्वन्द्वले परियोजनाहरुको कार्यान्वयनमा कस्तो असर परिरहेको छ भन्ने कुरालाई अध्ययनको प्रतिवेदनको रुपमा ल्याएको पनि उनले जानकारी दिए।

उनले भने,‘जलवायु परिवर्तन सम्बन्धिको क्रियाकलाप,व्यवस्थापनमा सदाचारयुक्त होस्। यसमा भ्रष्टाचार घुस्न नपाओस् भन्ने उद्देश्य हो। जवलवायु परिवर्तन सम्बन्धी बजेटहरु कसरी सञ्चालन भइरहेको छन्। बजेट सञ्चालन हुँदा स्वार्थको द्वन्द्व छ, जसले यी परियोजनाहरुको कार्यन्वयनमा कस्तो असर परिरहेको छ भन्ने अध्ययन रुपमा ल्याएको हो।’

त्यस्तै उनले देशमा स्वार्थको द्वन्द्वको राम्रो व्याख्या कतैपनि नभएको बताए। जलवायु परिवर्तन सम्बन्धी नेपालको जुन प्रतिबद्धता, लक्ष्यहरु सेट भएको छ त्यो अनुसार नीति र कामहरु प्राथमिकतामा नपरेको बताए।

उनले भने,‘हाम्रो देशमा स्वार्थको द्वन्द्व भन्ने कुराको व्याख्या कतैपनि छैन्। मन्त्री, प्रधानमन्त्रीले गर्ने कामदेखि लिएर अदालतले गर्ने निर्णयसम्म पनि द्वन्द्व छ। धेरै दुविधा भएको देशमा नीतिगत द्वन्द्वहरु पनि छ। जलवायु परिवर्तन सम्बन्धी नेपालको पनि जुन प्रतिबद्धता, लक्ष्यहरु सेट भएको छ। त्यो अनुसार हाम्रो नीति र काम जानुपर्नेमा अरु स्वार्थका नीतिहरु जुन राजनीतिबाट प्रधावित हुन्छन्। यो कारणले प्राथमिकतामा नपर्ने भएको छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको