काठमाडौं । नेपाली कांग्रेसकी नेतृ इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्कन मन भए चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन्। आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरेकी हुन् ।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन्।
पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनको आह्वान छ।



