धनुषा : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले विकसित भएका नयाँ माध्यमकाे प्रयाेग गरेर पार्टीले गरेका कामबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताउनुभएकाे छ । राष्ट्र निर्माणमा युवाकाे याेगदान, तथ्यमा आधारित प्रचार अभियान नाराका साथ नेपाली कांग्रेसकाे प्रचार प्रसार विभागले शनिबार धनुषामा आयाेजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सिंहले यस्ताे बताउनुभएकाे हाे । उहाँले अहिले सामाजिक सञ्जाल र आर्टिफिसियल इनेटेलिजेन्टकाे सदुपयाेग गर्न नसके त्यसकाे सिकार हुनुपर्ने अवस्था बनेकाे बताउनुभयाे ।
नेपालमा ०७ सालकाे क्रान्तिका बेलानै नेपाली कांग्रेसले रेडियाेकाे स्थापना गरेकाे चर्चा गर्दै त्याे समयमा रेडियाे सूचना सम्प्रेषणकाे आधुनिक माध्यम रहेकाे बताउनुभयाे । पार्टीकाे विचार, सिद्धान्त र गरेका ऐतिहासिक कामहरू जनताका पुर्याउन समयअनुसारकाे माध्यमकाे उपयाेग गर्नुपर्ने सिंहकाे भनाई थियाे ।

`अहिले युवाहरू हतारमा देख्छु । सामाजिक सञ्जालकाे माध्यमबाट नेपाली कांग्रेसले गरेका कामहरू युवाहरूलाई आकर्षित गर्नेगरि लैजान सकियाे भने त्यसले राम्राे हुन्छ भन्ने मलाई लागेकाे छ ,´ उहाँले भन्नुभयाे ,` सामाजिक सञ्जाल र एआईकाे सदुपयाेग गर्न सकेनाैं भने हामी आफै त्यसकाे सिकार हुन्छाैं ।´ उहाँले
कांग्रेसका कारण भएका उपलब्धि जनताकाे बिचमा लैजानुपर्ने भन्दै
ऐतिहासिक घटनाक्रम, तथ्यहरू लिएर जनतासम्म नपुगे आगामी दिन थप कठिन हुने बताउनुभयाे ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले कांग्रेसले प्रजातन्त्रका लागि गरेकाे याेगदानकाे अरू कसैसँग तुलना नहुने बताउनुभयाे । प्रतिकूल समयमा पनि कांग्रेसले आफ्नाे सिद्धान्त र विचारमा अडिग रहि संघर्ष गरेकै कारण प्रजातन्त्रसहितका अहिलेकाे उपलब्धि हासिल भएकाे उहाँकाे भनाई थियाे । नागरिकलाई अधिकार सम्पन्न बनाउन र प्रजातान्त्रिक हक अधिकार दिलाउन कांग्रेसले गरेकाे संघर्यबाट प्राप्त ऐतिहासिक उपलब्धि कांग्रेसले मात्र थाहा पाएर नहुने भन्दै आधुनिक माध्यमकाे प्रयाेग गरेर समग्र पार्टीकाे हित हुने गरि प्रचारप्रसारमा लाग्न पनि प्रचार विभागलाई सुझाव दिनुभयाे ।
अराष्ट्रिय तत्व, मुठ्ठीभर कांग्रेस भनेर विगतमा भनिएपनि देशमा आउने हरेक संकट कांग्रेसले पार लगाएकाे चर्चा गर्दै उहाँले अहिले आएका नयाँ पार्टिले इतिहासकाे कुरा गरेर हुन्छ भन्दैमा इतिहासकाे कुरा भन्न छाड्न नहुने बताउनुभयाे । उहाँले इतिहासका कुरा सँगै राजनीतिक, आर्थिक, सामजिक लगायतका ज्वलन्त मुद्दामा कंग्रेस प्रष्ट धारणा राखेर अघि बढ्नुपर्नेमा पनि जाेड दिनुभयाे ।



