काठमाडौं। केयरगिभरका लागि १३ जना नेपाली इजरायल उडेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना मंलबार इजरायल उडेका हुन्।
गएको असोजमा केयर गिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्रमार्फत छनोट भएका थिए। जसमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागले जनाएको छ।
विभागका अनुसार हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ भने हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजरायल पुगिसकेको छन्।



