रौतहट। रौतहटको ग्रामिण भेगमा सिमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ। भारतिय कुखुराको चल्ला वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा  अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो।

यहि क्रममा रौतहट प्रहरीले सिमावर्ती नाका भारतबाट भन्सार छली गरेर अवैध रुपमा नेपाल ल्याईएको ब्रोईलर कुखुराको चल्लालाई बरामद गरी नष्ट गरेको छ।प्रहरी चौकी मौतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बरामद गरि मंगलबार बिहान नष्ट गरेको हो। भारतबाट अवैध रुपमा भंन्सार छली ल्याइएको १ हजार ४ सय थान कुखुराको चल्लाहरु खाल्डो खनेर पुरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दिपक कुमार रायले बताए।

सिमावती क्षेत्रमा कडाई गरेपछि कुखुरा र कुखुराका चल्ला बरामद हुन थालेको उनले बताए।भारतबाट नेपालमा बैधानिक तरिकाले कुखुरा ल्याउँदा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र ल्याउन पाउने नियम छ।भारतिय बजारबाट कुखुरा सजिलै ल्याउन नपाएपनि तस्करी गरेर ल्याउने गरेकाले मर्कामा परेको नेपालका कुखुरा पालक कृषकहरु बताँउछन्।

भारतीय बजारबाट नै कुखुरा ल्याएर रौतहटका विभिन्न बजारमा बिक्रि हुने गरेकाले यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको गुनासो कृषकको छ। नेपाल भन्दा भारतीय बजारमा कुखुरा सस्तो पर्छ। नेपाल–भारतको खुल्ला सिमनाका कारण रौतहटका कृषकले उत्पादन गरेका कुखुराले बजार पाउन सकेको छैन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको