काठमाडौं। अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका छन्। मंगलबार माइतीघर मण्डलामा उनीहरुले विभिन्न प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन्।
सोही क्रममा आन्दोलनमा सहभागी विजय प्रकाश सापकोटाले प्रकृती लम्सालको घटनाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेको बताए।
उनले भने, ‘नेपाली विद्यार्थी प्रकृती लम्सालमाथि भारतको आईटी कलेजमा घटेको घटनाप्रति हाम्रो संगठन दुःख व्यक्त गर्दै घोर विरोध गर्दछ। नेपाली चेलीमाथि जुन व्यवहार भयो त्यसको कलेज प्रशासनले संरक्षण गरेको कुरामा आपत्ति छ। नेपाली विद्यार्थीले यसको विरुद्धमा आवाज उठाउँदा पनि नसुनेको अवस्था छ। नेपाल सरकारको यो अवस्थाप्रति ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेका छौ।’
लम्साल मृत्युसम्बन्धी घटनामा उनी अध्ययनरत ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ।



