काठमाडौं । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवस विभिन्न कार्याक्रम गरी मनाउने भएको छ।

नेपाल न्यूज बैंकसंगको विशेष कुराकानीमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले प्रजातन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।

उनले फागुन ७ गते देश र संविधानको अवस्था, प्रजातन्त्र आएदेखिको उपलब्धिको विषयमा सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सप्तरीको एतिहासिक छिन्नमस्ता भगवती मन्दिरमा ११००० दिप प्रज्जवलन गर्ने बताए।

मन्त्री लेखीले प्रजातन्त्र सेनानीहरुको सम्मान प्रदेश सरकारले मात्रै नभएर सम्पूर्ण नेपालीले गर्नु पर्ने धारणा व्यक्त गरे। उनले प्रजातन्त्रको उपलब्धिले आज नेपाली जनताले खुलेर बाँच्न सक्ने अधिकार पाएको भन्दै प्रदेश सरकारले आगामी दिनमा प्रजातन्त्र दिवस अझ भव्य रुपमा मनाउने र प्रजातन्त्र सेनानी र उनका परिवारजनका लागि विशेष व्यवस्था गर्ने जानकारी दिए।

मधेश प्रदेश सरकारले प्रत्येक वर्ष सहिद दिवस, बलिदानी दिवस, प्रजातन्त्र दिवस आदि धुमधामका साथ मनाउँदै आएको छ। सो क्रममा भोली फागुन ७ गत्ते प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले दिप प्रज्जलन तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको