काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुनःनिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यन्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो।
पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पु¥याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पौष महिनामा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता भएको थियो।
बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकुलनन सहकार्यको प्रगति सम्वन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्र्तगत सिंचाई नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भईरहेको छ। यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ।
प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ।
बाढी पहिरो प्रभावित क्षेत्रमा भईरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निजी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलव्धी हासिल भएको बताए।
युएनडीपीका आवासीय प्रतिनिधी कायको युकोशुले चेम्बरसंगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराईएको थियो।



