काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरु धमाधम नेपाल फर्काउन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न लागेको बताएका हुन्।

उनले  भने, ‘विश्वको  जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकार सबै नागरिकले उपयोग गर्न पाउनुपर्छ। तर अमेरिकाले भारतीय नागरिकहरुलाई हात खुट्टामा नेल, हत्कडी र जन्जीर लगाएर मर्यादाको ठाडो उल्लंघन गरेर स्वदेश फिर्ता अर्थात डिपोर्ट गर्ने कार्यले अमेरिकाको घोर अमानवीय मानव अधिकारको विरोध हर्कत हो। नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन्। नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । त्यसैले यदी अमेरिकामा गैरकानुनी तबरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु।’

उनले यसबारेमा सरकारको बेलैमा ध्यान जान जरुरी रहेको बताए । उनले यसमा सरकारको ध्यान नगए  नेपालको  प्रतिष्ठामाथि प्रश्न उठ्ने  बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको