रौतहट । रौतहट प्रहरीले ७ वटा गाई सहित दुई जनालाइ पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बमनहर बाट खटिएको प्रहरी टोलिले राजपुर नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो। राजपुर नगरपालिका वडा न २ फतुवाका बर्ष ४३ को ओहिद अन्सारी र यमुनामाइ गाउपालिका वडा न ३ बस्ने बर्ष २८ को शेख सोहेब आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
नेपालबाट अबैध रूपमा गाइ र बाछो लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताए। उनका अनुसार मानिस सहित पक्राउ परेको गाइलाइ गौर भन्सार कार्यलयमा बुझाइएको छ।यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।



