पोखरा ।  पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ।

कुश्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई उक्त सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ।

यसैबीच कसैले वन जंगलमा आगलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा पैसा नलाग्ने फोन १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको