सुन्दरहरैचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुक खाली हुने गरि मानिस विदेश गएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्।
मोरङको सुन्दरहरैचामा ‘सुन्दरहरैचा विराट एक्स्पो ४’ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
‘तपाईंहरु हेर्दै जानुहोस् ,२÷४ बर्षमा धेरै युवाहरू स्वदेशमै लगानी गर्ने तयारी गरिरहेका छन्। उनले भने, हामीले त्यो वातावरण बनाइरहेका छौं।’



