काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबैभन्दा पहिलो  स्वतन्त्रता नै वाक स्वतन्त्रता भएकाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा भएका प्रावधाहरु मान्य नहुने बताएका छन्।

प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आइरहेको छ यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताएका हुन्।

उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आइरहेको छ, यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खाजिएको छ। छाडा छोड्नु हुँदैन, नियमन गर्नुपर्छ।  तर त्यसलाई अभिव्यक्ति स्वतन्त्रता अर्थात हाम्रो आधारभूत सिद्धान्तमा पनि लेखिएको को कुरालाई उल्लघंन गर्न पाइँदैन्। संविधानमा पनि लेखिएको कुरा स्वतन्त्रता अर्थात वाक स्वतन्त्रता हो। त्यसैले यो विधेयक मान्य छैन।’

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको