सिरहा । सिरहाको लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन्। आइतबार साँझ सैयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको छ।

उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गरेका छन्। संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौं नगरवासीहरु ५० वर्ष भन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ।

यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँ ब्लकमा छ। जसमा घरहरु छ । केहीलाई निस्सा वितरण गरिएको छ । लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंक राखेर आफ्नो काम गर्न पाएको छैन,’संयोजक केसीले भने,सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ । करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको उनले सुनाए ।

मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ । हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनले बताए ।

मेरो वडाको केही मानिसहरुको गाउँ ब्लक जग्गामा घर हुदाँ उहाँहरु पीडामा देखेर आफुपनि आन्दोलनमा समर्थन गरेको लहान–६ का वडा अध्यक्ष रमेश गौतले बताए ।गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्या छ । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन,लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भने,झनगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यसमा ध्यान पुगाउनुपर्छ । यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको