काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गरेकी छिन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दापनि र किन छलफलमा ल्याइएको छैन् ? भनेर प्रश्न समेत गरिन्।

उनले भनिन्,‘सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसकेको छ। तर किन यो विधेयक छलफलमा ल्याइएको छैन् ?यो केवल कानुनी विषय मात्र होइन । नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशिल विषय पनि हो। गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न अनुरोध गर्दछु।’

त्यस्तै डढेलोको जोखिम उच्च भइरहेको अवस्थामा सरकारले यसको पूर्वतयारी के कस्तो गरिरहेको छ भनेर उनले प्रश्न गरिन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको