काठमाडौं। बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन्। मकवानपुर थाहा नगरपालिका ८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन्।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं।२ सानेपाबाट पक्राउ गरेको हो।
घलानबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौमा दुईवटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ। उनीबिरुद्ध प्रहरी बृत्त नयाँ बानेश्वर र प्रहरी बृत्त जनसेवा काठमाडौमा पनि दुईवटा मुद्दा दर्ता भएको भएको छ।



