काठमाडौं स् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताउनुभएको छ। शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

ञ संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन्। के गर्दा ठुलो कुरा हुने यहाँ रु काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ रुझ उहाँले भन्नुभयो,ञतपाईहामीले होहल्ला गर्ने पछाडीको नियत के हो रु त्यो पनि बुझ्नुपर्यो नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन्।

छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो रु त्यो पनि बुझ्नुपर्यो नि।झ उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गर्नुभयो। उहाँले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गर्नुभयो। त्यस्तै उहाँले नागरिकको सरकार स्थीर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पार्नुभयो।

त्यस्तै, फरक सन्दर्भमा उहाँले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताउनुभयो। सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गर्नुभयो। उहाँले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताउनुभयो। उहाँले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको