काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले  ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई  आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताएका हुन्।

उनले भने,  ‘ताप्लेजुङको पवित्र भूमि मुकुम्लुङ जहाँ श्रद्धा र  भक्ति हुनुपथ्र्यो त्यहाँ निर्दोष नागरिकको रगत बगाइएको  छ। केवलकार निर्माणको नाममा सरकारले  बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ । स्थानीय समुदायको आवाज दबाउन बन्दुक ताक्ने सरकारको रवैया पूर्ण रुपमा अस्विकार्य छ।’

साथै, उनले सरकार दमनकारी शासक नभइ जनताको सेवक हुनुपर्ने बताए।  उनले केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजिवन अस्तव्यस्त भएका नागरिकहरु र गोली  प्रहार जस्ता कार्यहरुबाट घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेका छन्।

उनले  भने, ‘सरकार  जनताको  सेवक हुनुपर्छ,  दमनकारी शासक होइन। विकासको  नाममा अन्याय, अत्याचार र  बल प्रयोग कुनै हालतमा स्विकार्य छैन। केवलकार  विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त बन्द,ै बन्दका कारण हजारौं  नागरिकहरु मर्कामा परेका छन्। हिंसा र गोली  प्रहार  जस्ता कार्यहरु  फेरी नदोहोरियोस्। घाइतेहरुको  तत्काल उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस्। स्थानीय समुदायको सम्मान गर्दै संवादका माध्यमबाट  समस्याहरु समाधान हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको