काठमाडौं : नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले पाेखरामा आयाेजित कांग्रेसका जिल्ला सभापतिहरूको भेलाले जग हँसाई भएकाे बताउनुभएकाे छ । उहाँले सभापतिमा प्रतिस्पर्धा गरेका शेखर काेइरालालाई भेलामा नडाकिएकाेमा असन्तुष्टि पनि जनाएका छन् ।

नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको उनले फेसबुकमा लेखेका छन् । `यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियोे। यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ,´ उनले लेखेका छन्, ` पार्टी भनेको पद ओगटेका दुई चार व्यक्ति मात्र होइनन्,मूलतःआठ लाख साठी हजार कृयाशिल सदस्य हुन्।पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो। पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाई भएको छ।जय नेपाल !!´

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वकाे नीति तथा प्रशिक्षण विभागले आयाेजना गरेेकाे भेलामा पार्टीका पूर्वपदाधिकारीलाई समेत बाेलाइएकाे थिएन । जसमा पूर्वमहामन्त्री कृष्ण सिटाैला, विमलेन्द्र निधिलगायतले पनि असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको