
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन्।
मंगलबार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यानसरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले क्यानसर निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी छ। यसमा चै उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ। आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, दिदिहरु र मेरा समकक्षी साथिहरु थुप्रैको मृत्यु भएको छ। दिनमा चार जनाको मत्यु हुने तथ्याङक हामीसंग छ। यो भनेको भयावह अवस्था हो। त्यसैैले यसलाई न्यूनिकरण गर्दै निवारणको स्थितिमा कसरी पुर्याउन सकिन्छ। विश्व स्वास्थ संगठनको र हाम्रो पनि लक्ष्य त्यही छ। यो निवारणको तहमा पुर्याउनको लागी हामीहरु सबैले मेहनत गर्न जरुरी छ।’
मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न प्रष्ट दृस्टिकोणसहित अगि बढ्ने बताए।