काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नाे निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयकाे स्तर सुधारका लागि गरेकाे प्रयासकाे परिणाम देखिन थालेकाे बताउनुभएकाे छ । साेमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयकाे ७७ ओै वार्षिकाेत्सव समाराेहमा सम्बाेधन गर्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएकाे भन्दै खुशी व्यक्त गर्नुभयाे । ०६४ सालमा संविधानसभाकाे निर्वाचनबाट काठमाडौं १ मा निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको बताउनुभयाे ।

` काठमाडौं १ मा पर्ने सबेै सामुदायिक विद्यालयकाे स्तर सुधार्न तीनै तहकाे सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दाे काम गरेका छाै । हाम्राे निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजि भन्दा कम छैन । राम्राे नतिजा सुन्न पाउँदा खुशी लागेकाे छ ,´ उहाँले भन्नुभयाे । उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिवद्दता जनाउनुभयाे ।

उहाँले गुणस्तर शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्राे गरिरहेकाे बताउनुभयाे । विद्यालयलाई अझ राम्राे बनाउन काठमाडौं १ बाट निर्वाचित संघ, प्रदेश र स्थानीय तशका जनप्रतिनिधिले मिलेर काम गरिरहेकाे पनि उहाँकाे भनाई थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको