काठमाडौं : शहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिकालाई पत्र पठाएको छ । आइतबार काठमाडौंका आयोजना प्रमुख इन्जिनियर सुवास बस्नेतले महानगरपालिकालाई पत्र पठाउँदै मापदण्डविपरितको संरचना हटाउने अधिकार प्राधिकरणसँग रहेको बताएको हो ।
गंगाहिटीमा परिवर्तन समाज प्रालि नामक संस्थाले फोहोर मैला व्यवस्थापनका लागि भन्दै मापदण्डविपरित संरचना बनाएर फोहोरमैला भद्रगोल बनाएपिछ स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले परिवर्तन सेवा प्रालिले राम्रोसँग फोहोर व्यवस्थापन नगर्दा आफुहरुलाई बस्न नै समस्या भएको भन्दै प्राधिकरणमा पटक पटक उजुरी दिएका छन् । सोही आधारमा प्राधिकरणले परिवर्तन नेपालले फोहोरमैलाका लागि अवैधानिक रुपमा संरचना बनाएको पाइएको भन्दै हट्नका लागि पटक पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । तर, काठमाडौं महानगरपालिकाको साथ पाएपछि परिवर्तन नेपालले स्थानीय र प्राधिकरणलाई अटेरी गर्दै आएको छ । परिवर्तन सेवा प्रालिले मेयर बालेन शाहसँग सम्बन्ध रहेको भन्दै फोहोरमैला व्यवस्थापनमा लापरवाही गर्दै आएको थियो ।
आइतबार प्राधिकरणले महानगरपालिकाको वातावरण व्यवस्थापन विभागलाई पत्र पठाउँदै नियमकानून विपरि।त बनेको संरचना हटाउनसक्ने अधिकार प्राधिरकणलाई रहेको पत्र पठाएको हो । अतिक्रमित सार्वजनिक जग्गा फिर्ताका लागि अहिले धमाधम काम गरिररहेको प्राधिकरणले पटक पटक अटेर गरेपछि अब परिवर्तन समाज प्रालिले बनाएको अवैध संरचनामा पनि डोजर चलाउने तयारी गरेको बुझिएको छ । केही दिन अघि सो स्थान नजिकै रहेको ओम अस्पतालले सार्वजनिक जग्गा मिचेर लगाएको पर्खालमा प्राधिकरणले डोजर लगाएको थियो ।
हेर्नुस् पत्र


