इटहरी । केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ। आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ।
बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ। संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगाएतका नारा लगाइरहेका छन्।
केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन्।
जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा आज र भोली बन्दको घोषणा गरिएको हो । त्यसपछि पनि मागको संबोधन नभए अनिस्चितकालिन लिम्बुवान आमहड्तालको समेत घोषणा गरिएको छ।
यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अबस्था रहेको जनाएको छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथी बढाइएको बताए।
प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तर्फ यातायात संचालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरुमा सवारी संचालनमा अबरोध भइरहेको अबस्था रहेको छ। जहाँ प्रहरीले सहजीकरण गरिरहेको अबस्था छ।
यता केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू केबलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन् । ‘नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ। यसले उग्ररुप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने। पाथिभरामा केवलकार कुनै हालतमा बन्न दिइँदैन।’
पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए।
तस्विर क्याप्सन ः सुनसरीको इटहरी र आसपासमा देखीएको सडक र यातायातको अबस्था।



