काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको बताए।
उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक छ। तर भुटानी शरणार्थी लगायत जतिपनि काण्ड भइरहेको छन्। तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन् ?बोल्ने कुरा होईन्। जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुपर्यो। सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन्। सरकार त सत्ता पक्ष विपक्षलाई काखा र पाखा पनि गरिहेको छ । सरकार सबैको हो । सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ। ’
उनले छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको त्यो बेठिक भएको बताएका छन् । सरकारले संसदलाई मिनिमाइज गरेर संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजान खोजिरहेको उनको भनाई छ।
उनले भने,‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ ।त्यो बेठिक भएको छ । सरकार अहिले संसदलाई मिनिमाइज गर्ने संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम खर्न खोजिरहेको छ। यो बेठिक भएको छ।’
उनले सरकारले जनताको दुखलाई अन्देखा गरेको पनि बताए।



