काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छन्।
शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन्। रास्वपाका सभापति रवि लामिछानेलेको संसद पद निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन्।
साथै सरकारले ल्याएको अध्यादेशको पनि विरोधमा उनीहरु छन्।
आज भर्खरै सभापति लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका थिए।



