रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरु भाडाको घरबाट सञ्चालन हुँदै आएका छन्।

सो नगरपालिकाको वडा नम्बर १,३,६ र १० को  आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भएको छ।

वडा कार्यालयबाट पाउने सेवा लिन समस्या हुने गरेको स्थानीय जगरूप चौधरीले बताए। उनका अनुसार  स्थानिय सरकार आएको ७ वर्ष वित्न लाग्दा पनि वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुनु दुःखद हो । नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधिहरु वडा कार्यालयहरु बनाउन तर्फ अग्रसर हुनुपर्ने उनको तर्क छ ।

तर फतुवा बिजयपुर वडा नम्बर ११ ले आफ्नै भवन बनाउन तर्फ अग्रसरता देखाएको छ। भाडाको कोठामा सञ्चालन हुँदै आएको सो वडाले भवन निर्माणको कामलाई तिब्रता दिएको हो।

बजार समितिको भवनको माथि पहिलो तल्ला वडा कार्यालयको लागि भवन बनिरहेको छ। बजार व्यवस्थापन समितिको सहमतीमा नै वडा कार्यालयको भवन निर्माणको काम भैइरहेको वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए।

उनका अनुसार  वडाले चालुु आर्थिक वर्ष भित्रमा नै आफनै प्रशासनिक भवन पाउने छ। वडा स्तरीय योजना बाट १४ लाखको लागतमा सो वडा कार्यालयको भवन बनिरहेको उनले जानकारी दिए। यस अघि आर्थिक वर्ष २०८०÷८१ मा १० लाखको लागतमा छत ढलानको काम भएको थियो।

अहिले पर्खाल,पलास्टर,वायरिङ्ग लगायतका कामहरु भइरहेको उनको भनाइ छ। फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरुले आफ्नो भवन निर्माणमा चासो दिनुपर्ने वडा बासीको माग छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको