काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला गर्ने भएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको यो मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ।

मंगलबार बुढानिलकण्ठ नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक भने श्रमिक तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ।

यो मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन्।

माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवद्र्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ।

युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तक्र्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले जानाकारी दिएको छ।

नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। इच्छुक व्यक्तिहरूले यहि माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा भरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको