काठमाडौं । नेपाली सेनाले सेना दिवस, २०८१ को अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको मंगलबार(आज)देखि सुरु भएको छ।
मंगलबारदेखि सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को समुद्घाटन गरेका हुन् । प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ।
प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिएको छ।
यस्तै, सैनिक पोसाक, ब्यान्ड, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदजस्ता गतिविधि पनि प्रदर्शन पर्दशन गरिएको छ।
आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको सेनाले जनाएको छ।
प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ।



