काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सफल हुनको  लागि  हरेक विषयवस्तुको  गहिराईमा जान आवश्यक रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हुने कामलाई नहुने तर्फ ढाल्दिने परस्थिती सिर्जना हुँदा सकारात्मक कामहरु सफल हुन नसकेको बताएका हुन् ।

उनले विषयवस्तुको गहिराईमा गएर सकारात्मक कुराको थालनी गरे मात्र सफल हुन सकिने बताए ।

उनले भने, ‘हरेक विषयवस्तुको गहिराईमा जाउँ । त्यहाँ सकारात्मक कोणबाट थालनी  गरौं।  यसो  गर्यो भने हामी हरेक कुराहरुमा सफलतामा पुग्न सक्छौं । हाम्रो अहिलेको  प्रवृत्ति कस्तो विकास  भएको  छ भने  हल्लै हल्लामा हिड्ने, सत्तामा दौडिने, वास्तविकता के हो  नबुझिकन बोल्दिने । हुने  कामलाई नहुने तर्फ ढाल्दिने यस्तो परस्थिती सिर्जना भएको छ।’

यसैगरी उनले अहिलेको आवश्यकता के हो त्यसलाई पहिल्याउनुको साटो तर्किने प्रवृत्तिको विकास भएको बताए । उनले सुधार गर्नुपर्ने कुराहरुमा ध्यान नदिइ हिजो  यो  थियो  भनेर उदाहरण दिएर भाग्ने कोशिष गर्दा हामीहरु सफल हुन नसकेको बताए।

‘हामीले गर्नुपर्ने के  हो ? र त्यसलाई पूरा गर्नको  निम्ती हामीले कति त्याग गर्नुपर्छ, कति मेहेनेत गर्नुपर्छ ?  उनले भने, अथवा के के  कुरामा सुधार गर्नुपर्छ त्यतातिर ध्यान गएको  देखिँदैन। हिजो  यो  थियो  भनेर उदाहरण दिएर हामी तर्किने काम गर्छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको