काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) महासचिव धर्मेन्द्र बास्तोलाले नेपाल गरिब हुनुको प्रमुख कारण देशभित्र उत्पादन नहुनु रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ९ औं महाधिवेशन उदघाटन समारोहमा उनले देश गरिब हुनु र युवाहरु देशमा बस्न नचाहनुको कारण नै उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र नहुनु रहेको बताए।

उनले भने, ‘आज अन्तर विरोध कहाँ छ भने, जसले उपभोग मात्र गर्छ उत्पादन गर्दैन् त्यो कंगाल हुन्छ । सार कुरा यही नै छ । आज हाम्रो देश किन गरिब छ, आज हाम्रा छोराछोरीहरु किन विदेश गइरहेका छन्। देशमा बस्न रुचाइरहेका छैनन् । किनभने हामीले उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र छैन्। हाम्रो संघर्ष त्यसैमा छ।’

नेपालमा दलाल पुँजीवादीहरुले उत्पादन बढाउनु भन्दा पनि निर्यात गर्ने कुरालाई बढी प्रोत्साहन गरिरहेको पनि उनको भनाइ छ।

यसका साथै उनले परम्परागत रुपमा चल्दै आएको भ्रष्टाचार र तस्करीलाई निरन्तरता दिने राज्यलाई खारेज गर्ने काममा अगाडि बढेको बताए।

उनले भने, ‘जनता मुक्तिका लागि ठूलो कदम उठाएका थियौं र पार्टीलाई पुनःगठन गरेका थियौं। साम्राज्यवादको ऐजेन्टको रुपमा काम गर्ने, झोला बोकेर हिड्ने, साम्राज्यवादको अगाडि भिख माग्दै देशभित्र भ्रष्टाचार, तस्करी जुन परम्रागत रुपमा चल्दै आएको र त्यसलाई निरन्तरता दिने राज्यलाई खारेज गर्नुपर्ने थियो र हामीले त्यो काम गर्दैछौं।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको