
काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरकी स्ववियु काेषाध्यक्ष पद्मा भुषालले २४ वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्ति गर्दा विभेद गरिएकाे भन्दै प्रश्न उठाएकी छन् । विश्वविद्यालयले हालैे २४ वटा क्याम्पसमा भागवण्डाका आधारमा क्याम्पस प्रमुख नियुक्ति गरेकाे छ । जसमा सबै पुरूष छन् ।
`पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट मेरिटोक्रेसीको आधारमा नियुक्त हुनुभएका पदाधिकारीबाट नै सबै लत्याएर भागबण्डा गरेको कुरामा नबोली रहन सकिन यस्को जवाफ उहाँहरू सङ्ग पक्कै माग्ने छौ,´ भुषालले भनेकी छन्, `यतिका नियुक्तिमा एक जनापनि महिला नपर्नु अझ आश्चर्य र सोचनिय छ, त्रिभुवन विश्वविद्यालय जस्तो शैक्षिक र बौद्धिक संस्थामै यो तहको लैङ्गिक विभेद छ भने यो समाजमा समानता कहिले आउँछ?´
त्यस्तै उनले विश्वविद्यालयमा मेरिटका आधारमा नियुक्ति हुनुपर्ने आफूहरूकाे माग भएपनि डीन र क्याम्पस प्रमुखमा भागवण्डा हुनु दुखद् भनेकी छन् ।
हेर्नुस् विज्ञप्ति