
काठमाडौं : बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायतका संसदिय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट गरेका छन् । आज संसद भवन (हाउस अफ कमन्स) मा काेइराला र सर निक डकिनबिच भेट भएकाे हाे ।
भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता बिषयमा कुराकानी भएकाे कांग्रेस नेता काेइरालाका स्वकिय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् । बेलायत भ्रमणमा रहेका नेता काेइरालाले बेलायतका उच्च राजनीति नेतृत्वसँग भेटघाट गरिरहेका छन् ।