रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो।

संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो।

अस्पतालको भवन निर्माणका लागि बजेट अनुसार ठेक्का लगाउँदै जाने उनले जानकारी दिए। सुबिधायुक्त अस्पताल नहुँदा समस्या भएको भन्दै अस्पताल बनेपछि उपचारमा सहज हुने बताए।

आफूले अस्पताल निर्माणमा चासो दिएकाले तोकिएको समयमा निर्माण सम्पन्न हुने उनले बिश्वास व्यक्त गरे । चन्द्रपुर नगरपालिकाले स्वास्थ क्षेत्रमा विशेष प्राथमिकता दिएको समेत उनले उल्लेख गरे।

अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिसकेकाले अब कामले गति लिने नगर प्रमुख काफ्लेले बताए । तीन बर्षभित्र पुरा गर्ने लक्ष्यको साथ काम काम अघि बढाइएको र अन्डरग्राउण्ड पार्किङ्गसहित सुबिधायुक्त अस्पताल बन्ने चन्द्रपुर नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको