काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

उनले भने, ‘निर्णय तीन वटा छन्। आजको बैठकमा समाजवादी मोर्चाले गम्भीर समिक्षा गरेको छ । आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौं भन्ने हामीले निर्णय गरेका छाँै।  अब त्यो  कार्यक्रम सम्पन्न भयो  भने जति प्रश्न छन्  त्यसको यो कार्यक्रमले उत्तर दिने छ। र सकारात्मक सन्देश समेत दिने छ ।’

त्यस्तै, आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर  पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए। बैठकले आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको