
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटका न्यायाधीशहरुलाई ‘नेताहरुको झोले न्यायाधीश’ भएको टिप्पणी गरेका छन्।
नेताहरुको झोले न्यायाधीशका कारण रौतहट जिल्ला बदनाम एवं अस्तव्यस्त भएको साहले गम्भिर आरोप लगाएका छन्।
साथै उनले बेईमान एवं अयोग्य न्यायाधीशहरुको छानबिन गर्नुपर्ने माग समेत गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसंग उनले बेईमान एवं अयोग्य न्यायाधीशहरुको छानबिनको दायरामा ल्याउँन माग समेत गरेका छन्।
‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो। बेईमान एवं अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायाधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
रौतहटका न्यायाधीशहरु कानून अनुसार पीडितलाई न्याय नदिइ नेताहरुको झोले कार्यकर्ताको रुपमा काम गरिरहेको आरोप उनले लगाएका छन्।