दाङ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले नेपाली कांग्रेसभित्र अहिले बेमौसममा नेतृत्वको होडबाजी चलेको बताएका छन् । दाङमा आज आयाेजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेन गर्दै उनले अहिले पार्टीलाई कसरी बलियाे बनाउने भन्दा नेतृत्वकाे हाेडबाजी चलेकाेमा असन्तुष्टि व्यक्त गरे ।

` अहिले पार्टीलाई कसरी बलियाे भन्ने बेला हाे । तर, महाधिवेशन आउन १ वर्ष अगाडी देखीनै नेतृत्वकाे हाेडबाजी चलिरहेकाे छ,´ कांग्रेस नेता शशांकले भने,` पहिला पार्टी संगठन सुदृढ बनाउँ । नेतृत्वका बारेमा महाधिवेशनकाे बेलामा समय आएपछि छलफल गराैंला । ´ उनले एउटा अधिवेशन सकिएलगत्तै अर्काे अधिवेशनकाे दाैडले पार्टी बलियाे नहुनेमा जाेड दिए ।

स्वभाविक रूपमा महाधिवेशनमा सभापतिमा आफ्नाे दाबेदारी रहने भएपनि देशभरका पार्टीका साथीहरूसँग छलफल गरेर मात्रै अन्तिम निर्णय गर्ने पनि उनले बताए । `अहिले धेरैले सभापति लड्छु भनिरहेका छन् । उनीहरूकाे नीति के, कार्यक्रम के ? तपाईहरू उहाँहरूलाई साेध्नुस्,´ नेता काेइरालाले भने,`मलाई साेध्नुहुन्छ भने भन्छु-म चाहन्छु कांग्रेस वीपी काेइरालाकाे सिद्धान्तका आधारमा अघि बढाेस् । ´ वीपी काेइरालाकाे बेलामा समावेशीता चर्चा नभएपनि उहाँले तामाङ,नेवार, थकाली,दलित, महिला, मधेसी सबैलाई समेटेर अघि बढेकाे उनले स्मरण गरे । उनले इतिहासबाटै बर्तमान जन्मिएकाे भन्दै इतिहासकाे सम्मान गरेर मात्रै देश अघि बढ्ने बताए ।

त्यस्तै उनले पार्टीिभित्र मिसन ०८४ नभई मिसन कांग्रेस रूपान्तरण हुनुपर्ने बताए । वीपी काेइराकाे मन्त्रीपरिषद्मा ०१५ सालमा एसियामै पहिलाे पटक महिला मन्त्री बनाएकाे, शिक्षा,स्वास्थ्य, विकास धेरै सुधारका काम भएकाे भन्दै उनले ७ दशकभन्दा लामाे ईतिहास भएकाे पार्टीको अहिलेकाे अवस्था चित्तबुझ्दाे नभएकाेमा जाेड दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको