काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो।

बयान सकिएलगत्तै थुनछेक बहस गराउन लामिछानेपक्षका कानून व्यवसायीको माग गरेका थिए। थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो। पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार न्यायिक हिरासतमा गएका हुन्।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको